चिन्ता नलिनुस, होचो हुनुका फाइदा यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
चिन्ता नलिनुस, होचो हुनुका फाइदा यस्ता छन्

सारांश

  • प्रायः होचा मानिसहरु आफ्नो उचाईको बिषयमा सन्तुष्ट रहेको पाइदैन ।
  • धेरै मानिस अग्लो हुन नै मन पराउँछन् ।
  • मानिसहरुले आफ्नो उचाईबारे गुनासो गरिरहेकै बेला होचो हुनु स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ ।

प्रायः होचा मानिसहरु आफ्नो उचाईको बिषयमा सन्तुष्ट रहेको पाइदैन । धेरै मानिस अग्लो हुन नै मन पराउँछन् । मानिसहरुले आफ्नो उचाईबारे गुनासो गरिरहेकै बेला होचो हुनु स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकाको ‘पीएलओएस ओन’मा प्रकाशित एक जर्नलमा प्रकाशित विवरणअनुसार छोटो कदका मानिसको जीवन अग्लो कद भएकाहरु भन्दा लामो हुन्छ । अध्ययनमा ८ सय जापानी र अमेरिकी महिलामा ४० वर्षसम्म अध्ययन गरिएको थियो । अग्लाहरु होचोको तुलनामा बढी रोगी हुने पनि अध्ययनमा देखाइएको छ ।

त्यस्तै क्यान्सर ‘कज एन्ड कन्ट्रोल’ नाम दिएको सन् २०१४ को एक अध्ययनमा अग्ला मानिसलाई क्यान्सर र क्यान्सरजन्य खतरा बढी हुने बताइएको छ । अध्ययनमा क्यान्सरको उपचार गराइ रहेएका ३८ हजार ८ सय ६२ सहभागी थिए । अन्य धेरै अध्ययनले पनि अग्ला महिलामा अन्डासय र स्तन क्यान्सरको खतरा देखाएको थियो । त्यस्तै अग्ला महिलालाई कोलोन, रेक्टम र प्रोस्ट्रेट क्यान्सरको खतरा हुने दाबी अध्ययनमा गरिएको छ । अग्लो व्यक्ति लामो समयसम्म निष्क्रिय बस्यो भने बारम्बार रगत जम्ने समस्या वा रक्तनलीसँग सम्बन्धित अन्य समस्याले पीडित पनि बन्न सक्छ । गत वर्ष ‘जर्नल अफ थ्रोम्बोसिस एन्ड हेमोस्टासिस’मा प्रकाशित एक अध्ययन अनुसार १ सय ९५ सेमी देखि २०० सेमीका मानिसलाई दुई भन्दा बढी पटक रगत जम्ने समस्या देखिएको थियो ।

न्युरोलोजिस्ट डेभिड इगलम्यानका अनुसार होचा मानिसको तुलनामा अग्ला मानिसले संसारलाई अलि ढिलो गतिमा अनुभव गर्छन् । अग्ला मानिसले होचाको तुलनामा १० भागको १ भाग ढिलो आफ्ना आँखा, कान, जिब्रो र छालामार्फत चेतनायुक्त तथ्यांक प्राप्त गर्छन् । अग्लो मानिसको दिमागको स्नायुको मार्ग अलिक लामो भएकोले दिमागले लिने सूचना र संकेतमा पनि ढिलाई हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता
एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
पाँचखाल महोत्सव सम्पन्न, करिब ८५ हजारले महोत्सवमा सहभागि भएको अनुमान
पाँचखाल महोत्सव सम्पन्न, करिब ८५ हजारले महोत्सवमा सहभागि भएको अनुमान
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
ओली सरकार एक महिनाभित्र ढल्छ : ‘रअ’का पूर्व एजेन्ट
ओली सरकार एक महिनाभित्र ढल्छ : ‘रअ’का पूर्व एजेन्ट

तपाईंले छुटाउनुभयो कि?