भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने

सारांश

  • भारतको राजधानी नयाँ दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षाकोठामा भएको हेर्न पाउने छन् ।
  • मोबाइल फोनको बिशेष एप प्रयोग गरेर उनीहरूले आफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन् ।
  • नयाँ दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताई सकेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षाकोठामा भएको हेर्न पाउने छन् । मोबाइल फोनको बिशेष एप प्रयोग गरेर उनीहरूले आफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन् । नयाँ दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताई सकेका छन् । उनले यो कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो आशा रहेको पनि बताएका छन् । त्यसरी सिसिटिभी जडान गरिनुमा बालबालिका विद्यालयमा सुरक्षित रहुन् भन्ने आशय पनि रहेको बताइएको छ ।

सन् २०१७ को सेप्टेम्बरमा एक विद्यालयको बाथरूममा एकजना बालक घाँटी काटिएको अवस्थामा फेला परेका थिए । दिल्लीबाट ३२ किलोमिटरको दुरीमा रहेको गुरगाउँस्थित रायन अन्तरराष्ट्रिय विद्यालयमा उक्त घातक हमला भएको थियो । त्यसको केही दिनपछि राजधानीकै पूर्वमा रहेको विद्यालयमा पाँच वर्षीया एक बालिका पनि बलात्कृत भएकी थिइन् । मुख्यमन्त्री केजरीवालको यो घोषणालाई केही अभिभावकहरूले स्वागत गरेका छन् भने केहीले हास्यास्पद भनेका छन् । त्यस्तै केहीले चाहिँ निगरानीपूर्ण समाज बनाउन लागेको संकेत भएको बताएका छन् ।

एकजना आलोचकले ट्विटरमा उक्त निर्णयबारे सचेत गराउँदै कक्षाकोठामा के भइरहेको छ भन्नेबारे लाइभ भिडियोबाट जाँच गर्दा बालबालिकामाथि एकदमै धेरै निगरानी गरेको जस्तो देखिन सक्ने बताए । उनले यस्तो कार्यले अपराध हुन नदिने मात्रै नभइ बालबालिकाको नैतिक व्यवहार र आचरणलाई पनि नियन्त्रण गर्ने बताएका छन् ।

(banucciteam.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Saroj Pathak

    नेपालमा पनि थाहा हुन्छ अभिभावकले आफ्नो fb id खोलेर हेरेसी।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?