विश्व खतरामा, भयावह स्थिति आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
सारांश
- मानिसहरुका अप्राकृतिक क्रियाकलापका कारण दिन प्रतिदिन पृथ्वी तातिँदै गएको वैज्ञानिकहरुले बताएका छन् ।
- पृथ्वीको तापमानमा भएको यो अप्राकृतिक बृद्धीलाई बेलैमा नियन्त्रण नगर्नेे हो भने अवस्था भयावह हुने चेतावनी पनि उनिहरुले दिएका छन् ।
- अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसमविद्हरुले सन् २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् ।
मानिसहरुका अप्राकृतिक क्रियाकलापका कारण दिन प्रतिदिन पृथ्वी तातिँदै गएको वैज्ञानिकहरुले बताएका छन् । पृथ्वीको तापमानमा भएको यो अप्राकृतिक बृद्धीलाई बेलैमा नियन्त्रण नगर्नेे हो भने अवस्था भयावह हुने चेतावनी पनि उनिहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसमविद्हरुले सन् २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १ सय ६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुबै संस्थाले जनाएका हुन् ।
सामुद्रिक मौसम परिवर्तनको चक्र ‘अल नीनो’ बिनानै गर्मीको पारो चढेकाले चिन्ता थपिएको बेलायती मौसम विभागका कार्यकारी निर्देशक पीटर स्टोटले जानकारी दिएका हुन् । पछिल्लो अवस्था देखिनुमा प्राकृतिक जलवायु प्रक्रियामा मानवीय गतिविधिको असर बढ्नु रहेको उनले बताए । ‘अल नीनो’ प्रभावित सन् १९९८ भन्दा पनि बढी तातो २०१७ को वर्ष रहेकामा वैज्ञानिकहरु आश्चर्यमा परेका हुन् । नासाले भने ‘अल नीनो’ कै कारण अन्टार्कटिकामा वर्षेनी दश इन्च हिउँ पग्लिरहेको दावी गरेको छ ।
प्रतिक्रिया