संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

सारांश

  • काठमाडौँ, ८ माघ ।
  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
  • पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताउनुभयो ।

काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताउनुभयो ।

“हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ”– उहाँले भन्नुभयो ।

नेता सिंहले एकतन्त्रीय राणा शासनको समयमा महिला शिक्षाका लागि स्व मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । सोही क्षेत्रका सांसदसमेत रहनुभएका सिंहले सामुदायिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय सुधारका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो । “लामो इतिहास बोकेको विद्यालयको विकासका लागि महानगरले विशेष सहयोग गर्छ,”– उहाँले भन्नुभयो ।

सो कार्यक्रममा नेता सिंहले २५ वर्षदेखि सो विद्यालयमा सेवा गरेका कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । काठमाडौँको डिल्लीबजारमा अवस्थित उक्त विद्यालय विसं २००४ मा स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !