वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र

सारांश

  • नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ ।
  • विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।
  • प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ ।

नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।

प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । भारत र बंगलादेश नेपालभन्दा बढी प्रदूषितको सूचीमा रहेको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

प्रतिवेदनले वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँदिल्ली) र बंगलादेश (ढाका) वायु प्रदूषणका हिसाबले अग्रस्थानमा देखाउने गरेका थिए ।

१ सय ८० देशमध्ये स्विट्जरल्यान्डमा वायु प्रदूषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ । अध्ययनले १८० मध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्य/वायु प्रदूषणको मात्राका हिसाबले तोकिएको मापदण्डभित्र परेका छन् । वातावरण र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।

दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुन्डीमा वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदूषणको गुणस्तर पनि खराबमध्ये परेको छ । उसको स्तर ३०.४१ मात्र छ । फ्रान्स, डेनमार्क, माल्टा र स्विडेन वायु प्रदूषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् ।

ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ । ती देशमा प्रदूषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकमा यातायातका साधन नै प्रदूषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारीसाधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदूषण बढी हुने गरेको विशेषज्ञहरू बताउँछन् ।

ईपीआईको प्रतिवेदनअनुसार अमेरिका प्रदूषण गुणस्तरका हिसाबले २७ औं स्थानमा छ । सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदूषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ
सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

तपाईंले छुटाउनुभयो कि?