चलचित्र ‘हैरान’को प्रर्दशन मिति तयः जेठ ४ गते
सारांश
- काठमाडौं, माघ १६ ।
- विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल सौगात बिष्टले निर्देशन गरेको दोस्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति तय भएको छ ।
- लामो समयसम्म प्रदर्शनको मिति तय नभएर हैरान खेपेको चलचित्र हैरान अब विना हैरानी २०७५ को जेठ ४ मा रिलिज हुने भएको छ ।
काठमाडौं, माघ १६ । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल सौगात बिष्टले निर्देशन गरेको दोस्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति तय भएको छ ।
लामो समयसम्म प्रदर्शनको मिति तय नभएर हैरान खेपेको चलचित्र हैरान अब विना हैरानी २०७५ को जेठ ४ मा रिलिज हुने भएको छ । चलचित्रलाई काठमाडौं उपत्यकामा माधव वाग्लेको पपकर्न पिक्चर्सले र उपत्यका बाहिर मनोज राठीले वितरण गर्नेछन् ।
कार्यकारी निर्माता सम्झना पोखरेल रहेको गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, वुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाको लगानी रहेको छ । कथा तथा कोरियोग्राफी गम्भिर बिस्टको छ भने द्वन्द्व चन्द्र पन्तको रहेको छ ।
नवराज उप्रेती र निरज कँडेलले खिचेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका छन् । चलचित्रलाई कमेडी धारमा निर्माण गरिएकोले चलचित्र हेरुनजेल दर्शकले स्वस्थ मनोरन्जन लिने जानकारी नायक गजित विष्टले जानकारी दिए ।
प्रतिक्रिया