दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
सारांश
- काठमाडौं, माघ १६ ।
- दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।
- तर, सामुहिक बलात्कारमा परेकी युवती फरार भएकी छिन् ।
काठमाडौं, माघ १६ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।
तर, सामुहिक बलात्कारमा परेकी युवती फरार भएकी छिन् । माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि सामुहिक बलात्कार भएको थियो ।
अनुसन्धानका क्रममा दाङ स्थायी घर भएकी सिता विक (नाम परिवर्तन)ले शैलेश कार्कीसहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् ।
युवतीको बयानका आधारमा पक्राउ परेका शैलेश कार्की र युवतीबीच महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालयबाहिर कागज बनाएर मिलापत्र गराइदिएको प्रहरी स्रोतको भनाई छ ।
यसरी इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन गरेको छ ।
सोमबार साँझ छानविन समिति बनेपछि एकपटक मात्र प्रहरीसँगको टेलिफोन सम्पर्कमा आएकी ती युवती अहिले सम्पर्कविहिन भउकी छन् ।
छानविन समितिमा संलग्न एक डिएसपीका अनुसार बलात्कृत भनिएकी युवती काठमाडौं बाहिर गएकी छिन् । महानगरीय अपराध महाशाखाले ती युवतीको खोजी गरिरहेको बताइएको छ ।
Komal Panta
फरार कि अपहरण ?
Rajesh Khanal
पुलिसको संग्लाग्न्तामा सड्यन्त्र गरेर भगाईयो बिचरालाई
Bhupendra Budhamagar
YASTO K T LAE TA NAPA K KO KERA KOSA XIRAYAR MARNU PARXA NI