एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
सारांश
- काठमाडौं, ७ फागुन ।
- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकता गर्ने सहमति भएको छ ।
- दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
दुई अध्यक्षबीच पार्टी एकताको लागि सहमति जुटेको एमाले उपाध्यक्ष वामदेव गौतमले पुष्टि गरेका छन् । गौतमले पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भएको बताएका छन् । उक्त सहमतिलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्ने पनि नेता गौतमले जानकारी दिए ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आलोपालो गर्नेगरी सहमति जुटेको स्रोतले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर होमिएका एमाले माओवादीबीच चुनावपछि पार्टी एकता नै गर्ने निधो भएको थियो । यद्यपि शीर्ष नेतृत्व तथा अन्य नेताहरुको व्यवस्थापनको विषयले पार्टी एकताको विषय अन्यौलमा परेको थियो ।
Sundar Tangbe
Desh ko samridi ra bikash garne bhaneko ta tapai haru kura milaudaima samaya jadai xa ta party bhanda Desh bikash tira sochne garnu plz