वीरगन्जमा गोली चल्दा एक गम्भीर घाइते
सारांश
- काठमाडौं, १७ फागुन -पर्सामा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।
- अज्ञात हतियारधारीले पर्साको प्रहरी कार्यालय नजिकै गोली चलाउँदा वीरगन्ज महानगरपालिका–१३ रानीघाटका उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन्।
- गएराति साढे ९ बजेतिर गोली प्रहार हुँदा ३२ वर्षे चौरासिया घाइते भएका हुन् ।
काठमाडौं, १७ फागुन -पर्सामा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । अज्ञात हतियारधारीले पर्साको प्रहरी कार्यालय नजिकै गोली चलाउँदा वीरगन्ज महानगरपालिका–१३ रानीघाटका उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन्।
गएराति साढे ९ बजेतिर गोली प्रहार हुँदा ३२ वर्षे चौरासिया घाइते भएका हुन् । उनको दाहिने कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।
घाइते चौरसियाको वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नभएपछि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयभन्दा नजिकै रातोबंगला अघि गोली चलेको हो । धागो व्यापारी रहेका चौरासियालाई गोली लागेपछि स्थानीय त्रसित छन् ।
प्रहरीका अनुसार गोली प्रहारमा संलग्नको खोजी कार्य धैरहेको छ । भारतसँग सीमा जोडिएका ठाउँमा चेकजाँचलाई तीव्र पारिएको र नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा कडा चेकजाँच भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।
प्रतिक्रिया