पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती
सारांश
- काठमाडौं, १२ चैत ।
- उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
- ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै उनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् ।
काठमाडौं, १२ चैत । उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै उनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् ।
“कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्यबिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगतरुपमा आक्षेप लगाउने नियतका साथ आएको छ”, विज्ञप्तिमा भनिएको छ, “यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतिले नै प्रष्ट पारेको छ ।” उक्त समाचार पढ्दा मन्त्री पुनको चरित्रहत्या गर्न खोजिएको र आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, “यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।”
“आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं”, विज्ञप्तिमा भनिएको छ, “तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।” विज्ञप्तिमा पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।
Surya Shrestha
यो गाइगोरु, कपडा , खाना आदि जस्ता कुराहरूको हल्ला चलाएर धमिलो पानीमा माछा मार्न खोज्नेहरु देखि होशियार रहौ ।
Ramesh Wagle
चरित्र हत्या गर्ने साम्राज्यवादीका दलाल। बांदरहरु
Bhakta Bdr Sodari
Hoina vane ta Thikai xa.Nattra Kurachi khali Garnuparxaki?
Bishnu Poudel
वास्तविक खबर नपाउने धुपौरेमिडियाले कपडाकोमुल्य केथाह ।
Pratap Rasaily
अाफनो अाङको भैंसी नदेखनेले अरुको अाङको जुम्रा देख्छन् नी त मन्त्री ज्यु ।