दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०७४
|
|
९८९ पटक हेरिएको
Shares
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु

सारांश

  • चितवन, ६ जेठ ।
  • भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ ।
  • मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु गरिएको हो ।

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु गरिएको हो ।

सहमति अनुसार प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषण गर्ने, मतगणनाका लागि आवश्यक जनशक्ति मात्र राख्ने, गणनास्थलमा दलको प्रमुख वा प्रतिनिधिको छुट्टै डेस्क राख्ने सहमति भएको छ ।

त्यसैगरी प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम राजनीतिक दलका प्रतिनिधि रहेको डेस्कमा देखाएपछि सार्वजनिक र कम्प्युटर इन्ट्री गर्ने व्यवस्था गर्ने सहमति भएको छ ।

मतगणना तल र माथिका वडाबाट बढ्दो र घट्दो क्रममा गरिने सहमति भएको छ । वडा नं– १० को मतगणना हुँदैछ भने यसपछि २९नं– वडाको गणना गरिने छ । गणनास्थलमा कर्मचारी व्यवस्थित गराइने भएको छ भने मतपेटिका खोल्नु अघि सोमा के कति मत रहेको मुचुल्का छ त्यसको जानकारी गराउने, पूर्ण बदर मतको तथ्याङ्क सार्वजनिक गर्ने, मतगणना पारदर्शी र जवाफदेही बनाउने सहमति भएको छ ।

सर्वदलीय बैठकपछि जारी सहमतिपत्रमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल, राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?