नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो  बन्द

सारांश

  • महोत्तरी, २६ वैशाख ।
  • धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।
  • हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्‍याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ ।

महोत्तरी, २६ वैशाख । धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्‍याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ ।

मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालिदिएका हुन् । मिहिनेतपूर्वक राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।

हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।

यसैबीच, हावाहुरीले महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएको छ

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mongol Gunjan

    अनिस्ठको संकेत भयो मोदी न आइज नेपाल।

    Comment Author

    Om Sagar Shrestha

    Prakriti le ni mann naparako racha yo Dhoti lai…??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?