क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते

सारांश

  • काबुल, ५ जेठ ।
  • अफगानीस्तानको खेल चलिरहेको एक स्टेडियममा वम विस्फोट भएको छ ।
  • अफगानिस्तानको जललाबादमा खेल मैदानमा आठ जनाको ज्यान जानेगरी बम विस्फोट भएको हो ।

काबुल, ५ जेठ । अफगानीस्तानको खेल चलिरहेको एक स्टेडियममा वम विस्फोट भएको छ ।

अफगानिस्तानको जललाबादमा खेल मैदानमा आठ जनाको ज्यान जानेगरी बम विस्फोट भएको हो ।

शुक्रबार राती ११।२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो ।

विस्फोटनमा परी घाइते भएका ४५ जनाको स्थानीय अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका सबै जना क्रिकेट प्रतियोगिताको आयोजक थिए । घटनाको प्रान्तीय गभर्नर हयातुल्लाह हयातले कडा निन्दा गरेका छन् । अहिलेसम्म कुनै समूहले घटनाको जिम्मेबारी लिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?