पेट्रोलियम पदार्थको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
  • शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ।

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ ।

यस्तै पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?