कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध

सारांश

  • अस्बिन खड्का, २१ जेठ- प्रदेश नम्बर १ को प्रदेशसभाको बैठक पहिलोपटक अवरुद्ध भएको छ ।
  • प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण अवरुद्ध भएको हो ।
  • प्रतिपक्ष काग्रेसका सांसदले १० मिनेटसम्म संसद अबरुद्ध गरेका थिए ।

अस्बिन खड्का, २१ जेठ- प्रदेश नम्बर १ को प्रदेशसभाको बैठक पहिलोपटक अवरुद्ध भएको छ । प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण अवरुद्ध भएको हो ।

प्रतिपक्ष काग्रेसका सांसदले १० मिनेटसम्म संसद अबरुद्ध गरेका थिए । सुनसरी जिल्लाका तरुण दलका सभापति सिजन गुरुङलाई बिनाकारण थुनामा राखेको भन्दै नेपाली कांग्रेसका सांसदले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । प्रदेशसभाको बैठक शुरु भए लगतै कांग्रेस सांसदहरुले सभामुखको रोष्टम अगाडि उभिएपछि संसद अवरुद्ध बनेको थियो ।

सभामुखले पटक-पटक बस्न आग्रह गर्दापनि सांसदले होहल्ला गरेका थिए । कांग्रेसका सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्न सभामुखले आग्रह गरेपछि कार्कीले आफ्ना कार्यकर्ता पक्राउको विषयमा जानकारी नदिएका कारण संसद अवरुद्ध गर्नुपरेको बताएका थिए ।

तरुण दलका सुनसरी जिल्ला सभापति सिजन गुरुङलाई केही दिनअघि प्रहरीले घरैबाट पक्राउ गरेको थियो । कांग्रेसले गुरुङ रिहाइको माग गदै सडकमा समेत प्रर्दशन गदै आएको छ तर सभामुखले प्रदेशका कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सत्तारुढ दलसँग सहमति भएपछि बैठक सुचारु भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhi Koney

    दोषी हो कि होईना सत्यता खोज ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?