संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा

सारांश

  • काठमाडौं, २८ जेठ ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली पारित भएपछि ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिको सभापतिका लागि सांसदहरूको दौडधूप शुरु भएको छ ।
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ ।

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली पारित भएपछि ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिको सभापतिका लागि सांसदहरूको दौडधूप शुरु भएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ । संसदीय समितिको सेवा सुविधा राज्यमन्त्रीसरह हुन्छ । नेकपा संसदीय दलले आफ्ना सांसदलाई कुन समितिमा बस्ने भनेर रुचि पेश गर्न संसदीय दलको पिजन हलमा फाराम राखिदिएको छ ।
संसदीय समितिको सभापतिका लागि नेकपाबाट देवेन्द्र पौडेल, योगेश भट्टराई, छविलाल विश्वकर्मा लगायतको चर्चा छ ।

संसद नियमावली बनाउन भूमिका खेलेका कृष्णभक्त पोखरेल, काठमाडौंबाट लगातार दुईपटक प्रत्यक्ष निर्वाचित रामवीर मानन्धर, गणेश पहाडी, नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई पराजित गरेका हितबहादुर तामाङ, विजय सुब्बा, लीला श्रेष्ठ र यज्ञबहादुर सुनुवारलगायतको चर्चा छ।

सुनुवार २०७० र ०७४ सालको चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
कांग्रेस नेतृ डा आरजु देउवालाई कैलालीमा पराजित गरेका नारदमुनि राना थारु र मन्त्री बन्ने चर्चा चलेपनि अन्तिममा छुटेका डोटीका प्रेम आलेको पनि सभापति बन्ने चर्चा छ ।

महिला सभापतिका लागि जयपुरी घर्ती, कमला रोका, पवित्रा निरौला, यशोदा सुवेदी, अमृता थापालगायतको चर्चा छ । निरौला झापा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । घर्ती पूर्व मन्त्री हुन् । मन्त्री बनिसकेका जनार्दन शर्माले संविधानसभाको दोस्रो कार्यकालमा लेखा समितिको सभापति बनाएका थिए ।

नेकपा संसदीय दलको सचेतक रहेकी शान्ता चौधरीलाई पनि कुनै समितिको सभापति बनाउन सक्ने चर्चा छ । प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवअधिकार, कृषि– सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति रहने भएका छन् ।

कांग्रेसबाट लेखा समितिको सभापतिमा को?
नेपाली कांग्रेसका तर्फबाट लेखा समितिको सभापतिका लागि रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह र बर्दियाबाट चुनाव जितेका सञ्जय गौतमको चर्चा छ ।
लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ ।

प्रतिनिधिसभाका १० समितिमध्ये नेपाल कम्युनिस्ट पार्टीले ८, सत्तारुढ संघीय समाजवादी फोरमले १ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १ सभापति पाउने सम्भावना छ । यसमा ३३ प्रतिशत अर्थात् कम्तिमा ३ जना महिला हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?