पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा
सारांश
- काठमाडौँ, १७ साउन ।
- निकै प्रतिक्षित मानिएको नेपालको पहिलो एकदिवसीय शृङ्खला अन्ततः हारबाट सुरुवात भएको छ ।
- आफ्नो एकदिवसीय यात्राको सुखद सुरुवात गर्ने उद्देश्यले नेदरल्याण्ड प्रस्थान गरेको नेपाली टोलिले घरेलु टोलिसँग ५५ रनको नमिठो हार व्यहोरेको छ ।
काठमाडौँ, १७ साउन । निकै प्रतिक्षित मानिएको नेपालको पहिलो एकदिवसीय शृङ्खला अन्ततः हारबाट सुरुवात भएको छ । आफ्नो एकदिवसीय यात्राको सुखद सुरुवात गर्ने उद्देश्यले नेदरल्याण्ड प्रस्थान गरेको नेपाली टोलिले घरेलु टोलिसँग ५५ रनको नमिठो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाली बलरले सँधैझैँ उत्कृष्ट बलिङ् गरेर विपक्षिलाई १८९ रनमा समेट्दा सामान्य १९० रनको लक्ष्य पाएको नेपाली टोलि १३४ रनमै अल आउट हुन पुग्यो । नाम एकदिवसीय रहेपनि खेल सँधैझैँ सामान्य रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले सुरुदेखि नै संघर्ष गरिरहेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ४ र सोमपाल कामीले ३ विकेट लिएपछि नेदरल्याण्डको ब्याटिङ् लाईनअप धरासाई हुन पुग्यो । यसबाहेक बसन्त रेग्मी, सन्दिप लामिछाने र करन केसीले एकएक विकेट लिएका थिए । नेदरल्याण्डका लागि माईकल रिपनले अर्धसतकिय पारी खेल्नुबाहेक अन्य डच खेलाडीले ३० को आँकडा पनि पार गर्न सकेनन् ।
१९० रनको लक्ष्य पछ्याएको नेपाले राम्रो सुरुवात गर्दै ५८ रनको ओपनिङ साझेदारी गरेको थियो । जुन एकमात्र राम्रो साझेदारी हुन पुग्यो । पहिलो विकेटका रुपमा अनिल शाह व्यक्तिगत २० रनमा आउट भए भने अर्का ओपनर ज्ञानेन्द्र मल्लले ५१ रन प्रहार गरे ।
आसा गरिएका खेलाडी
पारस खड्का

पारसले बलिङ्मा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा खासै जम्न सकेनन् । किफायति बलिङ् गर्दै उनी एक्लैले ४ विकेट लिएका थिए । तेस्रो नम्बरमा ब्याटिङ्मा आएका पारसले ब्याक्तिगत १२ रन बनाएर आउट भए ।
अनिलकुमार शाह

पछिल्ला केही अभ्यास खेलहरुमा राम्रो खेलिरहेका अनिलले पनि पहिलो एकदिवसीय खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ५८ रनको साझेदारी गरेपछि अनिल पहिलो विकेटका रुपमा व्याक्तिगत २० रन बनाएर आउट भएका थिए ।
आरिफ शेख

खेलमा कन्सिस्टेन्सीका लागि परिचित आरिफले पनि आफ्नो लय अनुसारको ब्याटिङ् गर्न नसकि खाता नै नखोलि आउट हुन पुगे ।
करन केसी र सोमपाल कामी


करन र सोमपाल मुख्य बलरका साथै राम्रो ब्याटिङ् क्षमता भएका खेलाडी पनि हुन् । धेरै पटक टिमलाई खराब परिस्थितिबाट उकासेका उनीहरु नेदरल्याण्डको बलिङका सामु निरिह भए ।
कस्तो थियो तयारी ?
भन्नको लागि ऐतिहासिक खेल भनिए पनि नेपालको तयारी भने त्यति खास थिएन । यो खेलको तयारी पनि अन्य लिस्ट ए का खेल समान थियो । र कोच पनि डिभिजन २ देखि नै जगत टमाटा रहेका छन् । विना कुनै तयारी र स्तरीय कोचको विना राम्रो नतिजाको अपेक्षा गर्नु मुर्खता हो ।
किर्तिमान
याे यसैपनि एेतिहासिक खेल थियाे यसका साथै विभिन्न रेकर्डहरु खेलाडीहरुले अाफ्नाे नाममा बनाउका छन् । जस्तै पहिलाे एकदिवसीय विकेट साेमपालकाे नाममा रह्याे भने पहिलाे अर्धसतक उपकप्तान ज्ञानेन्द्र मल्लले अाफ्नाे नाममा दर्ता गरे । त्यस्तै ४ विकेट लिने पहिलाे खेलाडी कप्तान पारस बने ।
प्रतिक्रिया