प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !

सारांश

  • काठमाडौं, १८ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ ।
  • जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो ।

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ ।जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बहुमत अल्पमतका आधारमा निर्णय लिइने बुझिएकाे छ। १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १/१ सदस्य छन् ।

सत्तारुढ दलहरु जोशीलाई प्रधान्यायाधीश नबनाउने पक्षमा छन् । दुई तिहाईले अस्वीकृत भए जोशी प्रधान्यायाधीश बन्न रोकिनेछन् ।नेपाल कम्युनिस्ट पार्टीका सांसद सुमन प्याकुरेलले भने खाजाका लागि १५ मिनेट स्थगित गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?