सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री

सारांश

  • काठमाडौँ, १७ भदौ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।
  • सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरे ।

काठमाडौँ, १७ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरे ।

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका बिभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्व सभासद सुरेश आले मगर, लिला भण्डारी, ताराकान्त चौधरी लगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग सम्वादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरेका थिए । गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकोले मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताए ।

वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासको बारेमा बैठकमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
कार्यक्रममै राेए विमलेन्द्र निधि !

तपाईंले छुटाउनुभयो कि?