अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग

सारांश

  • माधव बेल्बासे, कपिलवस्तु,२३ मंसिर ।
  • सामाजिक अभियान्ता गणेश बेल्बासेले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.
  • ९ निवासी शान्ति आलेका आफन्तलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।


माधव बेल्बासे, कपिलवस्तु,२३ मंसिर । सामाजिक अभियान्ता गणेश बेल्बासेले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ निवासी शान्ति आलेका आफन्तलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । शिवराज नगरपालिका(५ चन्द्रौटा स्थित दुर्गामन्दिरमा आयोजित हस्तान्तरण गर्ने एक कार्यक्रमका बिच सामाजिक अभियान्ता गणेश बेल्बासे र सहयोगी घन बहादुर गाहाले बिरामी पिडित शान्ति आलेको उपचारका लागि उहाँका मामा शुभास मसाङ्गीलाई १ लाख १८ हजार ८ सय ८५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

अभियान्ता गणेश बेल्बासे र घन बहादुर गाहाले शितगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीको प्रमुख उपस्थितीमा पिडित शान्ति आलेका आफन्तलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर केसीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले गणेश बेल्बासे संगमले संचालन गरेको ’’आर्थिक संकलन अभियान’’ मार्फत जम्मा भएको रकम पिडित आलेलाई प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । गणेश बेल्बासे जस्ता सामाजिक अभियान्ताका कारणले जो कोही पनि गरिबीको कारण ज्यान गुमाउन नपर्ने कुरा उहाँले व्यक्त गर्नु भयो । पाँकुरी आधारभूत विद्यालयका प्रअ समेत रहेका गणेश बेल्बासे विभिन्न २ दर्जन भन्दा बढी संघ संस्थामा आबद्ध भएर निस्वार्थ रुपमा सामाजिक विकासमा अग्रणी भूमिका खेल्दै आउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?