थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने

सारांश

  • काठमाडौं, ४ पुस ।
  • नेपाली कांग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव भोली मात्रै पेस हुने भएको छ ।
  • विधान प्रस्ताव पेस भएपछि भोलीबाटै प्रस्तावमाथि छलफल प्रारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव भोली मात्रै पेस हुने भएको छ । विधान प्रस्ताव पेस भएपछि भोलीबाटै प्रस्तावमाथि छलफल प्रारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार आजको केन्द्रीय समितिको बैठकले विधान मस्यौदालाई अन्तिम टुंगोमा पु¥याउने र बैठकले विधान पारित गरेपछि छपाइका लागि प्रेसमा पठाईनेछ । छापिएर आएपछि भोलि महासमितिमा पेस गरेर र विधान प्रस्तावमाथि छलफल सुरु हुने उनले बताए ।

कांग्रेसको महासमिति बैठक भोलीबाट पार्टी केन्द्रीय कार्यालय सानोपामा बस्ने र बैठक पुस ६ गते अपरान्हसम्म चल्ने पार्टी प्रवक्ता शर्माले जानकारी दिए । यसअघि मंसिर २९ गते उद्घाटन भएको कांग्रेस महासमिति बैठक पुस ४ गते समापन हुने कार्यक्रम थियो ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधानमा सहमति जुट्न ढिलाइ हुँदा महासमिति बैठक लम्बिएको हो । पुस १ गतेबाट सुरु भएको महासमितिको बन्द सत्रमा अहिलेसम्म १४७ जना महासमिति सदस्यहरुले विधान प्रस्ताव बाहेकका प्रतिवेदनहरुमा केन्द्रित रहेर धारणा राखिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो
संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो
OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे
OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
ओसामा बिन लादेनका छोरा मारिए
ओसामा बिन लादेनका छोरा मारिए
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
कहिले आउला त मेलम्ची !
कहिले आउला त मेलम्ची !
एमाले फुट्न सक्छ, संविधानविद् डाक्टर भिमार्जुन आर्चाय….
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा