वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
४० पटक हेरिएको
Shares
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार

सारांश

  • काठमाडौं, १२ पुस ।
  • नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् ।
  • खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न गरे ।

काठमाडौं, १२ पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंशकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । कसरी बोल्नुभयो ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतमा परेको रिटबारेपनि फैसला गरिसकेको र क्लिन चिट दिएको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’

२ वटा वाईबडीको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने,‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’

कंशाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् ।

सर्बोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितीले पनि क्लिन चिट दिने विश्वास दिलाए । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा बिरोध गर्नेहरुको वास्तविकता आफुलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गरे ।

उनले निगमले ‘ब्राण्ड–निउ’ जहाज खरिद गरेको दावी गर्दै १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । उनले बिमानको भारहन क्षमता २४२ टनको भए पनि हाल २३० टन मात्रै रहेको पनि स्विकार गरेका छन् ।

वाईडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टिकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दाबी गरे । उनले भने,‘विमान खरिदको बोलपत्र प्रक्रिया ठिक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।’ अदालतको लिखित फैसला नै पत्रकारहरुसमक्ष पढेर उनले सुनाएका थिए ।

मन्त्रीमा रविन्द्र अधिकारी आएपछि १६ अर्ब रुपैयाँ पठाएको उनले दाबी गरे । उनले भने,‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’

विमान खरिद प्रक्रियाको विरोध गर्दै हिजो संसदमा पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र शेरबहादुर देउवाले बोल्नुभयो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’
लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’

भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरुसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘मन्त्रीज्यूले चाहीँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होईन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो ? उहाँहरु दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरुको विवाद हो । म त सानो मान्छे हुँ ।’

उनले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पारे । उनले भने,‘जानकारी गराएको थिएनौं । तर, महालेखापरीक्षकले सोधेको दुई चार वटा प्रश्नमा हामीले जवाफ दिएका थियौं । तर, भुक्तानी दिने बेलामा महालेखालाई सोध्नुपर्छ भन्ने त छैन । सोध्न जरुरीपनि छैन ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
मइ दिवसका अवसरमा-समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न प्रचण्डको अपिल
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)
एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)
सुनको मूल्यमा गिरावट
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’

तपाईंले छुटाउनुभयो कि?