कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि कम्युटर अपरेटरसहित २ जनालाई ७ हजार रुपैयाँ घुससहित पक्रेको छ ।
- पक्राउ परेका २ जनालाई भ्रष्टाचारको मुद्दासमेत दर्ता गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि कम्युटर अपरेटरसहित २ जनालाई ७ हजार रुपैयाँ घुससहित पक्रेको छ । पक्राउ परेका २ जनालाई भ्रष्टाचारको मुद्दासमेत दर्ता गरेको छ । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयले घुस मागेको भन्दै पक्राउ गरेको हो ।
कम्पनीमा आएका शेयरधनीको शेयर लगत अभिलेख, कम्पनी अद्यावधिक गर्ने काममा सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम मागिरहेको उजुरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचौलियाको काम गर्नेसमेतलाई पक्रेको हो । पूर्णचन्द्र आत्रेय र बिचौलियाको काम गर्ने सरिता कार्कीलाई ७ हजार घुसबापतको रकम लिइसकेको बेला पक्रेको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन अनुसार आत्रेय र विचौलिया बनेकी कार्कीलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रतिक्रिया