चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)

सारांश

  • काठमाडौं, ३ पुस ।
  • दुई वर्षअघि निर्माण घोषणा गरिएको चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ ।
  • अभिनेता अर्पण थापा र अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्रको टिजरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

काठमाडौं, ३ पुस । दुई वर्षअघि निर्माण घोषणा गरिएको चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ । अभिनेता अर्पण थापा र अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्रको टिजरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

विगत केही महिनादेखि प्रदर्शन मिति अन्योलमा रहेको चलचित्र अब माघ ११ गते रिलिज हुने भएको हो । अनागतको टिजरमा अर्पण र प्रियङ्का बिचको केही इन्टिमेट सिनहरु समावेश गरिएको छ ।

सस्पेन्स थ्रिलरमा बनेको चलचित्रलाई साम्तेन भूटियाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियङ्का र अर्पणको साथमा प्रविण खतिवडा र रोशिन सुवेदीको अभिनय रहेको छ । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरबाट निर्माण भएको चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माताका रुपमा रहेका छन् ।

चलचित्रमा सिसन बानियाँको छायाँकन रहेको छ भने चन्द्र कुमार झाको कथा रहेको छ भने भूटिया र प्रवचन श्रेष्ठको पटकथा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?