तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित

सारांश

  • काठमाडौँ, २२ असार ।
  • दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
  • सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

काठमाडौँ, २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । अहिले सात जिल्लाका १५ स्थानीय तहमा मतगणना जारी छ ।

झापाका चार, मोरङका तीन, सुनसरी, उदयपुर र कञ्चनपुरका दुई दुई तथा रुपन्देही र कैलालीका एक एक स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना स्थगन नरहेको केन्द्रले जनाएको छ । आज अपराह्न ५ः४५ बजेसम्मको मतगणनानुसार नेकपा (एमाले) १४३, नेपाली काँग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार तीन स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्षमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
शक्तिकेन्द्रको साथमा सुन तस्कर हुने गरेको खुलासा
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
बुगी वुगी च्याम्पियन कविताको ‘हे गोरी’
बुगी वुगी च्याम्पियन कविताको ‘हे गोरी’
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन