५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २१, २०७३
|
|
३५९ पटक हेरिएको
Shares
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी

सारांश

  • बुटवलमा जारी आन्दोलनको स्वरुप सोमबार फरक दे्खिएको छ ।
  • सडकमा टाएर बालेर,तोडफोडमा उत्रेर आन्दोलन गर्ने परिपाटीलाइ त्याग्दै प्रदर्शनकारीहरुले सडकमै नाचगान गरेर प्रदेश नम्बर पाँचलाइ नचलाउन दवाव दिएका छन् ।
  • बुटवलको मिलनचोकमा चर्चित लोकगायक बद्री पंगेनीले समेत प्रदर्शनकारीलाइ साथ दिए ।

बुटवलमा जारी आन्दोलनको स्वरुप सोमबार फरक दे्खिएको छ । सडकमा टाएर बालेर,तोडफोडमा उत्रेर आन्दोलन गर्ने परिपाटीलाइ त्याग्दै प्रदर्शनकारीहरुले सडकमै नाचगान गरेर प्रदेश नम्बर पाँचलाइ नचलाउन दवाव दिएका छन् । बुटवलको मिलनचोकमा चर्चित लोकगायक बद्री पंगेनीले समेत प्रदर्शनकारीलाइ साथ दिए । जनताको गायकको रुपमा परिचय बनाएका बद्रीले प्रदेश नम्बर पाँच टुक्राउन पाइदैन भन्दै आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा एमाले अध्यक्ष केपी अोली लगाएतका नेताहरुलाइ जनताको भावना अनुसार अघि बढ्न गीतबाटै सुझाव दिए ।‘अघि बढ ५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं शान्ति क्षितिज पारी छ आन्दोलनत अझै जारी छ ।’ तीनाउको किनारमा बालुवा चाल्नेहरु अझै नि गणतन्त्र आको छैन है जस्ता गीत बद्रीले प्रस्तुत गरेका थिए ।

उनले गीत गाँउदा प्रदर्शनकारीले तालि बजएर र नाचेर साथ दिए । विच विचमा गणतन्त्र जिन्दावाद प्रदेश नम्वर पाँच टुक्राउन पाइदैन जस्ता नारा पनि घन्किए ।
झट्ट हेर्दा कुनै महोत्सवको झल्को दिने उक्त आन्दोलनमा मानिसहरुको बाक्लो उपस्थिती थियो । स्वतस्फुर्तरुपमा सडकमा निस्केका प्रदर्शनकारी माझ लोक गायक दिपक गरौजा मगर, लोक गायीका रुपा घर्ति मगर, गायीका प्रिय भण्डारी हाँस्यकलाकार माइला बा र पुर्खेबाले आफ्नो प्रस्तुतीमा पाँच नम्मवर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता गर्नु पर्ने सन्देश दिए । विगत पाँच दिन देखि आन्दोलनमा होमिएका बुटवलबासी नाम चलेको कलाकारले आफ्नो समर्थनमा गीत प्रस्तुत गर्दा उत्साहित भएका देखिन्थे । भैरव युवा समाजले बुटवल मिलनचोकमा नाचगान गरेर प्रदर्शन गर्दै आएको छ ।

सोमबारको कार्यक्रम पनि भैरव समाजले संयोजन गरेको हो । समाजका अध्यक्ष तुल बहादर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव धनु रायमाझीले गरेका थिए । फरक तरिकारले पनि आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै दवाव सिर्जना गर्न मंगलबार पनि बिहानै देखि यस्तै खालको कार्यक्रम मिलनचोकमा गर्ने सचिव रायमाझीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
इरानबाट तेल अायात नगर्न अमेरिकाकाे दबाब !
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा