प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २४, २०७३
|
|
२२५ पटक हेरिएको
Shares
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड

सारांश

  • पर्सामा मधेसी मोर्चाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।
  • मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थित नापी, मालपोत, हुलाक र नगरपालिकाको कार्यालयमा तोडफोड गरेका थिए भने तोडफोडबाट कार्यालयमा सिसाहरु फुटेका छन् ।
  • यस्तै मोर्चाका कार्यकर्ताहरुले अहिले चोकचोकमा भेला भएर सरकार र एमालेको विरोधमा प्रदर्शन गरिरहेका छन् भने मोर्चाले गर्न सक्ने उच्छृङ्खल गतिविधिलाई ध्यानमा राखेर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पर्सामा मधेसी मोर्चाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थित नापी, मालपोत, हुलाक र नगरपालिकाको कार्यालयमा तोडफोड गरेका थिए भने तोडफोडबाट कार्यालयमा सिसाहरु फुटेका छन् ।

यस्तै मोर्चाका कार्यकर्ताहरुले अहिले चोकचोकमा भेला भएर सरकार र एमालेको विरोधमा प्रदर्शन गरिरहेका छन् भने मोर्चाले गर्न सक्ने उच्छृङ्खल गतिविधिलाई ध्यानमा राखेर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सप्तरीमा सोमबार साँझ भएको प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा तीन जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका थिए । सो को विरोधमा मधेसी मोर्चाले आज तराई मधेस बन्दको घोषणा गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् ।

मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेको छ  ।

प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् ।

हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा पनि प्रदर्शनकारीले तोडफोड गरेको  छ ।

गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् ।

अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् ।

एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा आज(मङ्गलबार) र भोलि(बुधबार) मधेस बन्द आह्वान गरिएको छ ।

एमाले कार्यालयमा ढुङ्गामुढा

लहान– मोर्चाका कार्यकर्ताले आज बिहान नेकपा (एमाले)को लहान नगरपालिका – १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा बिहानैदेखि प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच केहीबेर ढुङ्गामुढा समेत भएको थियो ।
आह्वान गरिएको मधेस बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि लहान, गोलबजार, मिर्चैयालगायत स्थानमा प्रदर्शन गरिरहेका छन् । यसैगरी मोर्चाका कार्यकर्ताले आजै सप्तरी सदरमुकाम राजविराजस्थित नगरपालिका कार्यालय, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूवन-साम्राज्ञी विवाद : को कति सहि वा गलत ?
भूवन-साम्राज्ञी विवाद : को कति सहि वा गलत ?
इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
सरकारी वकिलको कार्यलयबाटै विवादास्पद फाइल गायब