बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

सारांश

  • गोदावरी, २ पुस, दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दिका न बोल्न सक्छिन्, न त हिँड्न नै ।
  • छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो ।
  • समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा सुनितालाई आफ्नी छोरीको हालत देखेर दिक्क लाग्थ्यो ।

गोदावरी, २ पुस, दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दिका न बोल्न सक्छिन्, न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो । समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा सुनितालाई आफ्नी छोरीको हालत देखेर दिक्क लाग्थ्यो । अहिले अपाङ्गता भएका व्यक्तिको हितमा सञ्चालित ललितपुरस्थित पाटन सामुदायिक पुनःस्थापना संस्था (सिबिआर)ले सन्दिकाको जीवनमा परिवर्तन ल्याइदिएको छ ।

सिबिआरले थेरापी गरेपछि सन्दिका हाल दुई वर्षयता सामान्य हिँड्न र थोरै बोल्न थालेको जानकारी दिँदै आमा सुनिताले उनी हिँड्न र बोल्न शुरु गरे पनि पढ्न भने नसक्ने तर अक्षर कोर्न र आफैँ खाना खान सक्ने भएकी बताउनुभयो ।

त्यसैगरी बौद्धिक अपाङ्गता भएकी दोलखा निवासी बाबुराम घतानीकी छ वर्षीया छोरी अञ्जनाको पनि दाहिने हात र खुट्टा लुलो थियो । सिबिआरको उपचारपछि उनका हात र खुटृा दुवै चल्न थालेको र बाङ्गो टाउको पनि सीधा भएको उहाँले जानकारी दिनुभयो । अञ्जनाको स्वास्थ्यमा धेरै सुधार हुँदै गएकामा उक्त संस्थाप्रति आभार व्यक्त गर्दै बाबु बाबुरामले फिजियोथेरापीले अञ्जनाको जीवन बदलिएको हो भन्नुभयो ।

ललितपुर निवासी २६ वर्षीय मुकेश महर्जन पनि विगतमा हिँडडुल गर्न सक्नुहुन्नथ्यो । पाटन सिबिआरमा रहँदै जाँदा मुकेश क्षमता अभिवृद्धिको तालीम लिएपछि त्यहीँ अनुगमनको काम गर्ने र अन्य बौद्धिक अपाङ्गता व्यक्तिलाई मैनबत्ती बनाउने तालीम दिएर आज आफ्नै कमाइमा आफैँ जिउन सक्ने हुनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको हितका लागि १८ वर्षदेखि कार्यरत सिबिआरमा हाल लुनिभा चित्रकार कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । विगतमा पाटन ललितपुर र भक्तपुरमा समेत कार्यरत उक्त संस्था हाल आर्थिक स्रोतको अभावमा ललितपुरमा मात्र सीमित भएको उहाँले जानकारी दिनुभयो ।

यो संस्थाले समावेशी शिक्षासम्बन्धी कार्यक्रम गर्दै आएको छ । अपाङ्गता भएका बालबालिका सिबिआरमा आएपछि विभिन्न अतिरिक्त सुविधाका कारण अन्ततः घर जान नमान्ने गरेको कार्यकारी निर्देशक चित्रकारले जानकारी दिनुभयो । सिबिआरले १६ वर्षमाथिका अपाङ्गता व्यक्तिलाई संस्थामा आबद्ध गर्दै आएको छ ।

बौद्धिक आपाङ्गता भएका व्यक्तिले मैनबत्ती, फोमबाट भकुण्डो, खेलौनाका साथै माला र पोते पनि निर्माण गरिरहेका छन् । सोह्र वर्षमुनिका अपाङ्गता बालबालिकालाई सिबिआरले दैनिक जीवनयापन गर्ने तरिका सिकाउँदै शिक्षा र बजारसम्मको पहँुच बढाउन सक्नेमा जोड दिँदै आएको छ ।

सोह्र वर्षमुनिका अपाङ्गता बालबालिकालाई काममा लगाउन सिबिआरले कार्डमा चित्र कोरी सङ्केत दिने गरेको छ । स्याउको महत्व झल्काउन त्यसलाई चित्रमा उतारिने हुँदा यो खानेकुरा हो भन्ने बालबालिकाले थाहा पाउँछन् । त्यस्तै खाना खाने समयमा खाना खाऔँ भन्ने सङ्केत गर्न उक्त कार्डमा खाना खाइरहेको चित्र देखाउने गरिन्छ ।

निर्देशक चित्रकारले भन्नुभयो, “दृष्टि शक्ति नभएका, कमजोर दृष्टि भएका र शून्य श्रवण भएका व्यक्तिका सम्बन्धमा भने यो संस्थाले केही गर्दैन । यो केवल शारीरिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा मात्र कार्यरत संस्था हो । ”

यो संस्थामा दिवा सेवा मात्र छ तर बिहान बेलुकाको सुविधा आर्थिक अभावका कारण दिन सकिएको छैन । जम्मा ५० जनाको दरबन्दी रहेको यहाँ तीनदेखि २६ वर्ष उमेरका ४३ बौद्धिक अपाङ्गता भएका बालबालिका छन् ।

अर्थअभावका कारण उक्त संस्था व्यवस्थापन समितिले स्थानीय सरकारसंँग आर्थिक सहयोगको अपेक्षा गरेको छ । थप साधन र स्रोत उपलब्ध भए यस्ता बालबालिका अझ बढाउन सकिन्छ । आर्थिक स्रोत जुटाउन फिजियोथेरापी, खाजा, खाना, छारेरोगको औषधिका लागि रू १२ सय देखि दुई हजारसम्म मासिक शुल्क लिने गरिएको छ । पैसा तिर्न नसक्ने व्यक्तिका हकमा निःशुल्क गरिनाका साथै घर लैजान गाडी भाडासमेत उपलब्ध गराइँदै आइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • गोदावरी, २ पुस , दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दीका विक न बोल्न सक्छिन् ।
  • न त हिँड्न नै ।
  • छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो ।

गोदावरी, २ पुस , दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दीका विक न बोल्न सक्छिन् । न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो । समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा सुनितालाई आफ्नी छोरीको हालत देखेर दिक्क लाग्थ्यो तर अपाङ्गता भएका व्यक्तिको हितमा सञ्चालित ललितपुरस्थित पाटन सामुदायिक पुनःस्र्थापना संस्था (सिविआर)ले सन्दीकाको जीवनमा परिवर्तन ल्याइदिएको हो ।

सिविआरले थेरापी गरेपछि सन्दीका हाल दुई वर्षयता सामान्य हिँड्न र थोरै बोल्न थालेको जानकारी दिँदै आमा सुनिताले उनले हिँड्न र बोल्न शुरु गरेपनि पढ्न भने सक्दिनन् तर अक्षर कोर्न र आफैँ खाना खान सक्ने भएकी बताउनुभयो ।

त्यसैगरी बौद्धिक अपाङ्गता भएकी दोलखा निवासी बाबुराम घतानीको छ वर्षीया छोरी अञ्जनाको पनि दाहिँने हात र खुट्टा लुलो थियो । सिविआरको उपचार पछि उनका हात र खुटृा दुबै चल्न थालेको छ बाङ्गो टाउँको पनि सिधा भएको उहाँले जानकारी दिनुभयो ।

अञ्जनाको स्वास्थ्यमा धेरै सुधार हुँदै गएकामा उक्त संस्थाप्रति आभार व्यक्त गर्दै बाबु बाबुरामले फिजियोथेरापीले अञ्जना जीवन बदलिएको हो भन्नुभयो ।

ललितपुर निवासी २६ वर्षीया मुकेश महर्जन पनि विगतमा हिँडडुल गर्न सक्नुहुन्नथ्यो । छोरो हिँडडुल गर्न सकेपनि उसको हाउभाउमा कुनै परिवर्तन नआएकाले हामीले यहाँ ल्याएका हौँ । पाटन सिविआरमा रहँदै जाँदा मुकेशले क्षमता अभिवृद्धिको तालीम लिएपछि त्यही अनुगमनको काम गर्ने र अन्य बौद्धिक अपाङ्गता व्यक्तिलाई मैनबत्ती बनाउने तालीम दिएर आज आफ्नै कमाइमा आफैँ जिउन सक्ने हुनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको हितका लागि विगत १८ वर्षदेखि कार्यरत सिविआरमा हाल लुनिभा चित्रकार कार्यकारी निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ ।

विगतमा पाटन ललितपुर र भक्तपुरमा समेत कार्यरत उक्त संस्था हाल आर्थिक स्रोतको अभावमा ललितपुरमा मात्र सीमित भएको उहाँले जानकारी दिनुभयो ।

यो संस्थाले समाबेसी शिक्षासम्बन्धी कार्यक्रम गर्दै सञ्चालन गर्दै आएको छ ।

अपाङ्गता भएका बालबालिका सिविआरमा आएपछि विभिन्न अतिरिक्त सुविधाका कारण अन्तत घर जान नमान्ने गरेको कार्यकारी निर्देशक चित्रकारले जानकारी दिनुभयो । दश वर्षदेखि सीपमूलक शिक्षाको व्यवस्था रहँदा सिविआरले १६ वर्षमाथिका अपाङ्गता व्यक्तिलाई संस्थामा आबद्ध गर्दै आएको छ ।

बौद्धिक आपाङ्गता भएका व्यक्तिले मैनबत्ती, फोमबाट भकुण्डो, खेलौनाका साथै माला र पोते पनि निर्माण गरिरहेका छन् । सोह्र वर्षमुनीका अपाङ्गता बालबालिकालाई सिविआरले दैनिक जीवनयापन गर्ने तरिका सिकाउँदै शिक्षा र बजारसम्मको पहँुच बढाउन सक्नेमा जोड दिँदै आएको छ ।

सोह्र वर्षमुनिका अपाङ्गता बालबालिकालाई काममा लगाउन सिविआरले कार्डमा चित्र कोरी सङ्केत दिने गरेको छ । स्याउको महत्व झल्काउन त्यसलाई चित्रमा उतारिने हुँदा यो खाने कुरा हो भन्ने बालबालिकाले थाहा पाउँछन् । त्यस्तै खाना खाने समयमा खाना खाउँ भन्ने सङ्केत गर्न उक्त कार्डमा खाना खाइरहेको चित्र देखाइने गरिन्छ

निर्देशक चित्रकारले भन्नुभयो, “नेत्रहीन, कमजोर दृष्टि भएका र शून्य श्रवण भएका व्यक्तिका सम्बन्धमा भने यो संस्थाले केही गर्दैन । यो केवल शारीरिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा मात्र कार्यरत संस्था हो । ”

यो संस्थामा दिवा सेवा मात्र छ तर बिहान बेलुकाको सुविधा आर्थिक अभाबका कारण दिन सकिएको छैन । जम्मा ५० जनाको कोटा रहेको यहाँ तीनदेखि २६ वर्ष उमेरका ४३ बौद्धिक अपाङ्गता भएका वालवालिका छन् ।

आर्थिक अभाबका कारण उक्त संस्था व्यवस्थापन समितिले स्थानीय सरकारसंग आथिक सहयोगको अपेछा गरेको छ । थप साधन र स्रोत उपलब्ध भए यस्ता वालवालिका अझ बढाउन सकिन्छ । आर्थिक स्रोत जुटाउन फिजियोथेरापी, खाजा, खाना, , छारेरोगको औषधिका लागि रू १२ सय देखि २ हजार सम्म मासिक शुल्क लिने गरिएको छ । पैसा तिर्न नसक्ने व्यक्तिका हकमा निःशुल्क गरिनाका साथै घर लैजान गाडी भाडा समेत उपलब्ध गराईदै आइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
परिसरमा पोखरेलको पदबहाली
परिसरमा पोखरेलको पदबहाली
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता
पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान

तपाईंले छुटाउनुभयो कि?