सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई

सारांश

  • गोरखा, २९ असाेज ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् ।
  • केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए ।

गोरखा, २९ असाेज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए । सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा भट्टराईले भने, ‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो छैन ।’

शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको तथा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकीमा कमिसनको खेल
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए । ‘आ–आफ्नो स्वार्थ पुरा गर्न आयोजनालाई भकुन्डो जस्तो बनाएर सरकार पिच्छे विभिन्न निजी क्षेत्रलाई जिम्मा दिँदै आएका छन्,’ उनले भने ।
कमिसनको खेलमा कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको उनको दाबी छ । आयोजना निर्माण भए बाबुरामले जस पाउँछ भन्ने सरकारको संक्रिण सोच रहेको भन्दै उनले यस्तो गलत ढंगले नसोच्न आग्रह समेत गरेका छन् ।

केन्द्रले अधिकार छाड्न खोजेन

नयाँ शक्तिका संयोजक भट्टराईले केन्द्रीय सरकारले आफ्नो अधिकार छाड्न नखोज्दा समस्या भएको बताए ।वित्तिय आयोग बनाएर तीन तहको सरकारलाई अधिकार वाँडफाँट गर्न नसकेको उनको भनाइ छ ।‘संघीयता भनेको काँक्रा चिरेजस्तो राज्यलाई चिर्न खोजेको मात्र होइन । यो भनेको केन्द्रमा रहेको अधिकार जनतासम्म पुर्‍याउने एउटा विधि हो’ उनले भने, ‘तर, आयोग बनाएर सरकारले अधिकार बाँडफाँट गर्न सकेन ।

(sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
Salman Khan one more breakup, check out with whom this time?
Salman Khan one more breakup, check out with whom this time?
रासायनिक मलको असर माटोलाई मात्रै होइन मानवलाई पनि
रासायनिक मलको असर माटोलाई मात्रै होइन मानवलाई पनि
सुरक्षा निकायको विकासमा लागिपर्छु : गृहमन्त्री शर्मा
सुरक्षा निकायको विकासमा लागिपर्छु : गृहमन्त्री शर्मा
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
माघेसंक्रान्तिले तरुल महङ्गो
माघेसंक्रान्तिले तरुल महङ्गो
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
गायक छिरिङ भुटियाको याद सार्वजनिक
गायक छिरिङ भुटियाको याद सार्वजनिक
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो