किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् ।
  • यही वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । यही वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम छ । भियतनामका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा भ्रमण गर्न लागेका हुन् ।

भियतनामाले लामो युद्धपछि तीव्र विकास र प्रगति गर्नुका साथै लगानीका लागि विश्वको ‘वेस्ट प्लेस’ भएको चर्चा गर्दै भ्रमणका क्रममा भियतनामले हासिल गरेको उपलब्धिको जानकारी लिने उद्देश्यले सो भ्रमण हुन लागेको मन्त्री ज्ञवालीले बताए ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले एक कार्यक्रमबीच त्यहाँको थिङ्क ट्याङ्कलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र केही विषयमा सम्झौता हुने भनिएपनि के विषय भने बाहिर ल्याइएको छैन ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुन लागेका बेला भियतनाममा बौद्धमार्गी धेरै भएकाले उनीहरूलाई आकर्षित गरी पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

भियतनाम सरकारले बुद्ध जयन्तीको अवसर पारेर अयोजना गरेको अन्तर्राष्ट्रिय भैशाख समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ । कम्बोडियाले हासिल गरेका विकासका अनुभवहरूको साटासाट गर्नुका साथै सम्बन्ध थप सुधार गर्ने प्रयास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
वरिष्ठ कलाकार दीपाश्री निरौलाको मष्तिष्कको ट्युमर सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार
वरिष्ठ कलाकार दीपाश्री निरौलाको मष्तिष्कको ट्युमर सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार
आजको राशीफल
आजको राशीफल
मइ दिवसका अवसरमा-समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न प्रचण्डको अपिल
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
Мостбет официальный сайт Mostbet рабочее зеркал
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक  बुटवल डाउनटाउनको दर  कार्यक्रम,
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक बुटवल डाउनटाउनको दर कार्यक्रम,
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
नेपाल र सिंगापुरको खेल  रोकियाे !
नेपाल र सिंगापुरको खेल रोकियाे !