चार हजार नयाँ उद्यमी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
चार हजार नयाँ उद्यमी

सारांश

  • नुवाकोट, ८ वैशाख, लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत चार हजार भन्दा बढी नयाँ उद्यमी भएका छन् ।
  • सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अष्ट्रेलियन सहयोगमा सञ्चालित मेडेप कार्यक्रमअन्तर्गत विगत अठार वर्षमा चार हजार १७५ नयाँ उद्यमी बन्न सफल भएको बजार विकास विशेषज्ञ भीम मोक्तानले जानकारी दिनुभयो ।
  • “विसं.

नुवाकोट, ८ वैशाख, लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत चार हजार भन्दा बढी नयाँ उद्यमी भएका छन् ।

सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अष्ट्रेलियन सहयोगमा सञ्चालित मेडेप कार्यक्रमअन्तर्गत विगत अठार वर्षमा चार हजार १७५ नयाँ उद्यमी बन्न सफल भएको बजार विकास विशेषज्ञ भीम मोक्तानले जानकारी दिनुभयो ।

“विसं. २०५६ देखि मेडेप कार्यक्रम यहाँ सञ्चालन भएको थियो,” मोक्तानले भन्नुभयो, “अब यो कार्यक्रमलाई बदलिँदो स्वरुपमा सञ्चालनको योजना बनाएका छौ ।” मेडेपका रुपमा सञ्चालन हुदैं आएकोमा अब त्यसलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा)लाई प्रवद्र्धन गर्न लागिएको उद्योग विकास शाखाका निमित्त निर्देशक विजय भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेडपको सहयोगमा जिल्लामा २२ वटा सहकारी संस्था र १९ वटा साझा सुविधा केन्द्र सञ्चालनमा छन् । “भूकम्पले क्षति व्यहोरेका उद्यमीको पुनःउत्थानका लागि शीघ्र उद्यम तथा पुनरोत्थान परियोजनामार्फत रु आठ करोड ८१ लाख सहयोग पु¥यायौ,” निमित्त निर्देशक भट्टराईले भन्नुभयो, “भूकम्पपीडितलाई पुनःउद्यम शुरु गर्न तालीम, प्रविधि, साझा सुविधा केन्द्र पुनःनिर्माणमा रु एक करोड ४४ लाख खर्चिएका छौ ।”

‘औद्योगिक व्यवसाय ऐन’ अनुसार रु पाँच लाखसम्मको स्थिर पुँजी, उद्यमी स्वंय सञ्चालनमा व्यवस्थापक, बढीमा नौजना कामदार र वार्षिक कारोबार रु पचास लाखसम्म लगानी भएकालाई ‘लघु उद्यमी’मा सूचीकृत गर्ने गरिएको छ ।

यसमार्फत स्वरोजगार, गरिबी निवारण, स्थानीय उत्पादनको प्रवद्र्धनमा प्रत्यक्ष सहयोग पुग्दै आएको छ । नयाँ उत्पादन भएका उद्यमीले कृषि तथा वन, उत्पादन, सेवामूलक, सूचना र प्रविधिको क्षेत्रमा काम गर्दै आएका छन् ।

मेडेपमार्फत हाल यहाँको विदुर र बेलकोटगढी नगरपालिका एवं ककनी, तादी र सूर्यगढी गाउँपालिकामा नयाँ उद्यमी विकास गर्न यो आवमा रु ७५ लाख बजेट विनियोजन गरिएको छ ।

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी
विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी
सिस्नेरी खानेपानी आयोजनालाई २६ अर्ब लाग्ने
सिस्नेरी खानेपानी आयोजनालाई २६ अर्ब लाग्ने
यसरी बम प्रहार भएको रहेछ एमाले नेता शेरधन राइमाथि (राइको बयान)
यसरी बम प्रहार भएको रहेछ एमाले नेता शेरधन राइमाथि (राइको बयान)
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
कविता : मेरो लोकतन्त्र
कविता : मेरो लोकतन्त्र
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
नेपाली विमानका लागि युरोपेली आकाश खुलेन
नेपाली विमानका लागि युरोपेली आकाश खुलेन