नेरीको कीर्तिमानी बलिङसँगै नेपालले हङकङलाई हरायो
सारांश
- काठमाडौं १२,फागुन।
- थाइल्याण्डको बैंककमा जारी आइसीसी वुमन्स् टि–ट्वेन्टी वल्र्डको एसियाली छनोटको चौथों खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।
- आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो ।
काठमाडौं १२,फागुन। थाइल्याण्डको बैंककमा जारी आइसीसी वुमन्स् टि–ट्वेन्टी वल्र्डको एसियाली छनोटको चौथों खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।
आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो । शीर्ष क्रमले बिर्सनलायक प्रदर्शन गरेपछि चौथो विकेटका लागि सरिता मगर र अप्सरी बेगमले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए । सरिता र अप्सरीले ३२ रनको साझेदारी गरे । अप्सरीले ३५ बलमा ३ चौकको मदतले २४ रन जोडीन् । सरिता मगर १६ रनमा नटआउट रहिन् ।
जितमा अलराउण्डर नेरी थापाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिइन् । टस जितेर ब्याटिङमा उत्रिएको हङकङलाई ६२ रनमा सिमित गर्ने क्रममा नेरीले ८ मध्ये ६ विकेट आफ्नो नाममा लेखाइन् । नेपालका लागि बाँकी दुई विकेट सीता रानामगरले लिइन् ।
प्रतिक्रिया