नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा पठाइयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा पठाइयो

सारांश

  • पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।
  • सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ।

त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो।

बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तौलको छ।

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ।

बीबीसी नेपाली सेवासँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो। आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।”

उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको मतलब निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
मध्यरातमा महोत्तरीमा बम विस्फोट
मध्यरातमा महोत्तरीमा बम विस्फोट
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो