एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल

सारांश

  • दाने बोहरा नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ ।
  • काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।
  • काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ ।

दाने बोहरा
नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ । हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडाँैबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा रु १०५ पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफँै काठमाडाँैबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पु¥याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताउनुभयो ।

काठमाडाँै केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उहाँले बताउनुभयो । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडाँैदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडाँैबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।

काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट छ दिन लागे पनि अहिलेसम्म चामल पु¥याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ । ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिनुभयो ।

यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उहाँले जानकारी दिनुभयो । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले लिनुभएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् । रासस

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
मृतकलाई अस्पतालबाट निकालेर झारफुक
मृतकलाई अस्पतालबाट निकालेर झारफुक
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन