मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी

सारांश

  • मेडिकल शिक्षाको सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको नेतृत्व गर्दै विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरी अगाडि बढेका छन् ।
  • उनले मंगलबार माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा बोल्दै मेडिकल माफियालाई धुलो चटाउने चेतावनी दिए ।
  • प्रकाशले भने, ‘मेडिकल माफियालाई धुलो चटाउछौं ।

मेडिकल शिक्षाको सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको नेतृत्व गर्दै विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरी अगाडि बढेका छन् । उनले मंगलबार माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा बोल्दै मेडिकल माफियालाई धुलो चटाउने चेतावनी दिए ।

प्रकाशले भने, ‘मेडिकल माफियालाई धुलो चटाउछौं ।’ उनले देशमा मेडिकल माफियालाई सरकारले साथ दिइरहेको भन्दै आन्दोलनले अझ सशक्त रुप लिने चेतावनी दिए । प्रकाशले मेडिकल माफियाले मनोमानी गर्दा पनि राज्य मौन रहेको भन्दै प्रश्न गरे ।

प्रकाशले मेडिकल शिक्षा सुधारको माग गर्दै डडेल्धुराबाट आन्दोलन शुरु गरेका डा. गोविन्द केसीको समर्थन गरे । जायज माग राखेर गरिएको आन्दोलनमा आफूहरुको समर्थन रहने प्रकाशको भनाई थियो ।

पेशाले चिकित्सक समेत रहेका विप्लव मेडिकल शिक्षामा सुधारमा लागेका छन् । उनले मेडिकल शिक्षासम्वद्ध शैक्षिक संस्थाले जथाभावी शुल्क असुलेको भन्दै फिर्ताको माग राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?