वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी

सारांश

  • काठमाडौं, २४ पौष ।
  • नेपाल कम्युनिष्ट पार्टी्भित्र ‘सुरथको एक्का’ बनेका वामदेव गौतम अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिच्किएका छन् ।
  • राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न संविधान संशोधन गर्न ओली सहमत नहुनु र आफूलाई उपाध्यक्ष बनाउने प्रक्रियामा अलमल गरेपछि गौतम बिच्किएका हुन् ।

काठमाडौं, २४ पौष । नेपाल कम्युनिष्ट पार्टी्भित्र ‘सुरथको एक्का’ बनेका वामदेव गौतम अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिच्किएका छन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न संविधान संशोधन गर्न ओली सहमत नहुनु र आफूलाई उपाध्यक्ष बनाउने प्रक्रियामा अलमल गरेपछि गौतम बिच्किएका हुन् ।

उपाध्यक्ष बनाउने आश्वासन दिएर प्रक्रिया अगाडि बढाएपनि केन्द्रीय समितिबाट पारित गराउनुपर्नेमा बैठक सारिएको छ । केन्द्रीय समितिबाट पारित नगराई गौतम उपाध्यक्ष हुन पाउनेछैनन् । आफूलाई पटक पटक ओलीले धोका दिएको भन्दै गौतम असन्तुष्ट बनेका छन् । जसका कारण उनले नयाँ ढंगले सक्रियता बढाएका छन् ।

बुधबार साँझ ओलील भैंसेपाटीस्थित निवासमा ओलीसँग असन्तुष्टहरुको बैठक राखे । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल थिए । रावल ओलीका कटु आलोचक हुन् । बैठकमा सभामुख चयन र एमसीसीका बारे गम्भीर छलफल भएको बुझिएको छ ।

बैठकमा सहभागीमध्ये प्रचण्ड, नेपाल, गौतम, श्रेष्ठ र रावल एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्र्तगत भएको भन्दै विपक्षमा छन् । सभामुख चयनमा पनि यी नेताहरु सुवासचन्द्र नेम्वाङको विपक्षमा छन् । प्रचण्डले कुनै हालतमा नेम्वाङलाई सभामुख बन्न नदिने अडान कसिसकेका छन् । नेकपाभित्र दुई अध्यक्षबीचको विवादकाबीच गौतम सक्रिय भएका छन् ।

नेकपाभित्र गौतम पकडका दृष्टिकोणले तेस्रो शक्तिशाली नेता मानिन्छन् । संसदीय दलमा पनि उनी पक्षधरको संख्या ओली र प्रचण्डपछि बढी छ । यस्तो अवस्थामा ओली र प्रचण्डबीच द्धन्द्ध बढ्दा गौतम निर्णायक बन्न सक्ने क्षमता राख्छन् । गौतमले विगतमा पनि नेकपा एकीकरणमा भूमिका खेलेका थिए । यसपटक उनले ओलीमाथि नेम्वाङबाहेकको नाममा दबाब सृजना गर्न सक्रियता बढाएको बुझिएको छ । सभामुख र एमसीसीको विषयले नेकपाभित्र संकट बढेको निष्कर्ष गौतमले निकालेको उनी निकटस्थले रिपोर्टर्स नेपाललाई बताए । त्यसैले गौतमले कुरा मिलाउन बुधबार साँझ डिनरसहितको बैठक डाकेका थिए । तर, ओली कुनै हालतमा नेम्वाङबाहेकको नाममा सहमत नबन्ने भएबाट नेकपाभित्र विवाद अझ चुलिने अवस्था बनेको छ ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त
जब दुलहीले दुलाहाको शिरमा गोलीमा हानिन्
जब दुलहीले दुलाहाको शिरमा गोलीमा हानिन्
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
निजामती कर्मचारी युनियनमा पोखरेल
निजामती कर्मचारी युनियनमा पोखरेल
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !