कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु

सारांश

  • नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ ।
  • यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा एक महिला र १० पुरुष छन् । मृतकमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी पुरुष हुन् ।

डा. गौतमका अनुसार ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु मोरङ, पर्सा, बारा सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका बासिन्दा हुन् ।

आजको मृत्युसँगै कुल मृतक संख्या एक सय ३७ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय ६ पुरुष र ३१ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

(softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?