अलिसा शर्मा बनिन् कोलम्बसकी कान्छी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
अलिसा शर्मा बनिन् कोलम्बसकी कान्छी

सारांश

  • ३ लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउंने भएको छ ।
  • यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘ कोलम्बस की कान्छी.
  • .

३ लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउंने भएको छ । यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘ कोलम्बस की कान्छी..’ बोलको गीतको भिडियो बजारमा आएको छ।

गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै रहेको छ । गीतको रचना तारा फूयांलले गरेका हुन (‘ नेपाली बिध्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौ । अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ हामी लागि परेका हौं (‘ सुनील उप्रेतीले जानकारी दिए ।

मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन । यो भिडियो नेप आर्ट डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन । गोदावरी वरीपरी छायांकन गरिएको यो गीत चार मिनेट लामो छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?