सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने

सारांश

  • चितवन ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।
  • चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उहाँको भनाइ छ ।उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

उनले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।” अर्काे प्रसङ्गमा उनले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । लामिछानेले भने, “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने÷नदिने बारेमा निर्णय गर्छाैं”, उनले थपे, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)
पैसा केरमेट गरे यस्ताे कारवाही हुने
पैसा केरमेट गरे यस्ताे कारवाही हुने
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
सेयर बजारमा सुधार परिसूचक नेप्सेमा २१ अंकमाथिको वृद्धि

तपाईंले छुटाउनुभयो कि?