तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौँ ।
  • नेपाली बजारमा गत बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने एकै पटक तोलामा १ हजार २०० ले घटेको छ ।
  • शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार भने घटेको हो ।

काठमाडौँ । नेपाली बजारमा गत बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने एकै पटक तोलामा १ हजार २०० ले घटेको छ । शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?