एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
सारांश
- काठमाडौं ।
- प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।
- एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए ।
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए । पार्टी पक्ति उत्साहजनक ढंगले परिचालन भएको, पार्टी प्रवेश गर्ने क्रम पनि बढेको एमाले नेताहरुको ब्रिफिङ थियो ।
सचिव योगेश भट्टराई ले भने, ‘सबै जिल्लाबाट उत्साहजनक रिपोर्टहरु आएको छ । कम्तिमा ६० बढी सिट जितेर पहिलो पार्टी बन्छौं ।’
बैठकले केन्द्रीय नेताहरु, सांसद, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिका साथै मोर्चा संगठनका नेतालाई प्रदेश २ को चुनावमा खटाउने निर्णय गरेको छ ।
प्रतिक्रिया