सुन तस्करीका नयाँ फन्डा : कृषि फार्मको आवरणमा सुन गाल्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
५८ पटक हेरिएको
Shares
सुन तस्करीका नयाँ फन्डा : कृषि फार्मको आवरणमा सुन गाल्दै

सारांश

  • काठमाडौं ।
  • सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले नयाँनयाँ फन्दा पत्ता लगाउने क्रममा कृषि फार्मको आवरणमा सुन गलाउने गोदाम र ठमेलको होटल भियानामा छापा हानेको छ ।
  • राजस्व अनुसन्धान विभागका अनुसार होटलका सञ्चालक दावा छिरिङलाई नियन्त्रणमा लिइएको छ।

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले नयाँनयाँ फन्दा पत्ता लगाउने क्रममा कृषि फार्मको आवरणमा सुन गलाउने गोदाम र ठमेलको होटल भियानामा छापा हानेको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार होटलका सञ्चालक दावा छिरिङलाई नियन्त्रणमा लिइएको छ। त्यस्तै, टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ ।

गत साउन ३ गते बुधबार त्रिभुवन विमानस्थलको भन्सार पास भएर आएको मोटरपार्टसमा लुकाएर ल्याइएको करिब एक सय किलो सुन बरामद गरेको थियो ।

सोही सुनको मालिकसम्म पुग्न विभागको टोलीले करिब आधा दर्जन ठाउँमा छापा मार्दै र अनुसन्धान अझ गहन बनाउँदै १८ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो भने टोखाको कृषि फारममा छापा मानेर सुन गाल्ने मेसिन बरामद गरेको थियो ।

छिरिङ होटलको सञ्चालक भए पनि श्रीमतीको नाममा सञ्चालन गरिरहेको बताइएको छ । छिरिङले पूर्वमन्त्री वर्षमान पुनलाई मामाको साइनो लगाएर कारोबार गर्ने गरेको पनि बताइएको छ । होटलबाट विभागको टोलीले केही सामग्री पनि बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो ।

शनिबार राति नै विभागको टोलीले टोखास्थित एउटा कृषि फार्ममा छापा मारेपछि तस्करीका सुन त्यहाँ गाल्ने गरिएको तथ्य खुलेको छ । विभागको टोलीले गएराति सो कारखानामा सुन गाल्न प्रयोग भएका सबै सामग्री उठाएर लगेको छ ।

कारखानामा ब्रेक सुमा राखेर ल्याइएका लगायत सुन गाल्ने र नयाँ बनाएर अन्यत्र लैजाने गरेको विभागको ठहर छ । राजस्व अनुसन्धान विभागले सो फार्मलाई विभाग र सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएर सिल गरेको छ ।

हङकङबाट ब्रेक सुमा राखेर ल्याइएको सुन नेपाल र हङकङको एक्स रे मेसिनले छलेर ल्याइएपछि यसमा कर्मचारीको मिलेमतो भएको पुष्टि भएको भन्दै विभागले तीन जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

थप अन्य कर्मचारीमाथि पनि विभागले निगरानी बढाएको छ । ब्रेक सुको ६३ हजार रुपैयाँ भन्सार तिरेर विमानस्थलबाहिर निकालिसकेपछि राजस्व अनुसन्धान विभागले सुन समातेको थियो ।

सय किलो सुन तस्करीमा व्यापारी सञ्जय बबैया र राकेस अदुकियासहित अन्य केही सुन व्यापारीमाथि प्रहरी र राजस्व अनुसन्धान विभागले निगरानी बढाइसकेको छ ।

विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले दुई महिना लामो बिदा लिएपछि राजस्वले सो बिदा स्विकृतिको प्रक्रियामाथि पनि अनुसन्धान थालेको बताइएको छ ।

सुन कसको हो भन्ने निचोडमा अहिलेसम्म विभाग पुग्न सकेको छैन । नेपालका रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल मध्यस्तकर्ता मात्र भएको र चिनियाँ नागरिक लिन चुवाङ र तिब्वती मूलका भारतीय नागरिक पनि मध्यस्तकर्ता मात्र भएको निष्कर्ष अनुसन्धान टोली पुगिसकेको छ ।

एक अधिकारीका अनुसार मुख्य मालिक खोज्ने क्रमसँग संलग्नताको प्रमाण जुटाउँदै जाँदा भन्सार विभागकै आन्तरिक अध्ययनमा विमानस्थलका १५ जनाभन्दा बढी कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ । सय किलो सुनकाण्डमा विमानस्थल भन्सारका कर्मचारीको सेट नै जाने अवस्था बनेको उनले बताए ।

बरामद सय किलो सुनको वास्तविक मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागले शनिबार टोखामा छापा मार्नुअघि तस्करीको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली चुवाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पुर्याउने गरेको पत्ता लगाएको थियो ।
त्यो स्थलबाट झन्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भइसकेको बताइएको छ ।

सुन तस्करी प्रकरणमा धेरै जनाको नाम जोडिन पुगेपछि मुख्य अभियुक्तका रूपमा अनुसन्धान टोलीले व्यापारी राकेशकुमार अडुकिया नै हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी भूमिगत अवस्थामा छन् ।

अदुकियाको सेयर र बैंकमा लगानी रहेको छ । यसबाहेक अन्य व्यवसायमा पनि संलग्न रहेको छ । सुन र चाँदीको कारोबार गर्ने अदुकियाले चाँदीको आवरणमा सुन ल्याउने गरेको आरोप पनि खेप्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप
अबको आइजीपी को ?
अबको आइजीपी को ?
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की