प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
६१ पटक हेरिएको
Shares
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ ।
  • आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने ३ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१, नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५, नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड
बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
भरतपुर महानगरपालिका : रेणु दाहालले ह्वात्तै बढाइन् अग्रता
भरतपुर महानगरपालिका : रेणु दाहालले ह्वात्तै बढाइन् अग्रता
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा
सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा
अनुगमन नाम मात्रैको, महंगी थामिनसक्नु
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा