रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२० पटक हेरिएको
Shares
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप

सारांश

  • रौतहट ।
  • रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ।
  • झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ। झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो ।

माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो । मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ ।

दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन् । बिहान दश बजे झडप भएको हो । झडपपछि आधा घण्टाजति मतदान प्रकृया रोकिएको थियो ।

झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ । अहिले मतदान सुचारु रहेको मोलापपुर नगरपालिकाका मतदान अघिकृत बिरेन्द्र कुमार केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?