बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने

सारांश

  • बैतडी, १९ असोज  ः बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ ।
  • साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो ।
  • यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको र ती ठाउँमा पनि कार्यक्रमले निरन्तरता पाउने शाहले बताउनुभयो ।

बैतडी, १९ असोज  ः बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ ।

साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो ।

यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको र ती ठाउँमा पनि कार्यक्रमले निरन्तरता पाउने शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “जनता आवास समन्वय समितिको बैठकले छ ठाउँमा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।”

जनता आवास कार्यक्रम सञ्चालन भएका ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायका परिवारको घर निर्माण गरिने छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सम्बन्धित व्यक्तिको नाममा जग्गा भने अनिवार्य रुपमा हुनुपर्नेछ । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गर्नका लागि सूचना प्रकाशन गरेर आवदेन आह्वान गरिने छ ।

जनता आवास कार्यक्रम थप पाँच गाविसमा सञ्चालन हुने भएपछि त्यस ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायलाई सजिलो हुने विश्वास गरिएको छ । योसँगै बैतडीमा साविकका २१ गाविसमा जनता आवास कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?