टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल

सारांश

  • भुटानमा रहेको टाइगर नेष्ट टेम्पल विश्वभर प्रशिद्ध रहेको छ ।
  • भुटानमा टाइगर नेष्ट टेम्पललाई अत्यन्त पवित्र बौद्ध टेम्पल पनि मानिन्छ ।
  • स्थानिय प्रचलनमा टाइगर नेष्टलाई ‘तक्षाङ मोनास्ट्री’को नामले पनि चिनिन्छ ।

भुटानमा रहेको टाइगर नेष्ट टेम्पल विश्वभर प्रशिद्ध रहेको छ । भुटानमा टाइगर नेष्ट टेम्पललाई अत्यन्त पवित्र बौद्ध टेम्पल पनि मानिन्छ । स्थानिय प्रचलनमा टाइगर नेष्टलाई ‘तक्षाङ मोनास्ट्री’को नामले पनि चिनिन्छ । अग्लो चट्टानी पहाडमा टाँसिएको जस्तो देखिने यो टेम्पल पुग्न र फर्कन अत्यन्तै कठिन छ । टाइगर नेष्ट टेम्पल समुन्द्र सतह भन्दा तीन हजार एक सय बीस मिटरको उचाईमा अवस्थित छ । पारो शहरबाट टेम्पल तर्पmको यात्रा शुरु हुन्छ । करिब १२ किलोमिटरको उकालो उक्लिए पछि यो टेम्पलसम्म पुग्न सकिन्छ । कतिपय परिस्थितिमा टाइगर नेष्ट टेम्पलसम्मको यात्रा कठिन मात्रै होइन, असम्भब जस्तो पनि लाग्दछ ।

पारोबाट उकालो लागेपछि बाटोमा जंगल, पहाड, तथा झरनाहरु भेटिन्छन् । चराचुरुङ्गीका स्वरहरुले टाइगर नेस्ट तर्पmको कठिन यात्रामा सहजता ल्याउँछन् । बाटोमा भेटिने एउटा झरनाको पानीले बौद्ध प्रार्थना आकृतिको स्वरुप बनाएको देखिन्छ । जसलाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । बौद्ध धर्मावलम्बीले राखेका भगवान बुद्धको प्रतिमा अंकत ध्वजा पताकाहरु पनि टाइगर नेष्ट पु¥याउने बाटो काट्न सहयोग गर्ने साधन हुन् । मनमोहक वातावरण नसकिदै टाइगर नेष्ट पुग्न त सकिन्छ, तर कच्ची बाटो उकालै उकालो जानुपर्ने हुँदा यात्रा सहज भने छैन नै । यात्राले आधा दुरी पार गर्दा नगर्दा एउटा प्रार्थना स्थल आइपुग्छ । त्यहाँ पानी पिइसके पछि फ्याकिएका बोतल पुनः प्रयोग गरेर बनाइएका माने घुमाउदै तथा मन्त्र उच्चारण गर्दै स्थल परिक्रमा गर्ने चलन रहेछ । देशीविदेशी पर्यटकको बढ्दो उपस्थिति तथा त्यसकारण उत्पादन हुने फोहोर ब्यवस्थापनको प्रयास यहाँ देख्न सकिन्छ । भुटानमा बिदेशी पर्यटकका लागि साह्रै थोरै स्थानमात्र खुला गरिएका छन् । त्यस्ता स्थान मध्ये टाइगर नेष्ट पनि एक हो । यात्रा निरन्तर जारी रहँदा टाइगर नेष्ट नजिकै रहेको भ्यू प्वाइन्टमा पुगिन्छ । त्यहाँबाट टाइगर नेष्टको दर्शन मात्र हुदैन, वरपर रहेका मनमोहक दृष्यहरुको अवलोकन गर्न सकिन्छ । ढुंगाका कलात्मक आकृति अंकित रहेको टाइगर नेष्ट क्षेत्र घुम्न मन पराउनेहरुका लागि मुख्य पर्यटकिय गन्तब्य हुन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
अस्पतालमा जन्माउँदा छोरी, घर पुग्दा छोरा
अस्पतालमा जन्माउँदा छोरी, घर पुग्दा छोरा