तीन ट्रक एकापसमा ठोकिँदा एकको मृत्यु, चारको अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
५२ पटक हेरिएको
Shares
तीन ट्रक एकापसमा ठोकिँदा एकको मृत्यु, चारको अवस्था गम्भीर

सारांश

  • राजविराज, १२ माघ ।
  • पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहामा शुक्रबार विहान तीनवटा ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परि मृत्यु हुनेमा ना ४ ख ५५५६ नम्बरको ट्रकका चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-४ का ४० वर्षीय कविराम माझी रहेका छन् ।

राजविराज, १२ माघ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहामा शुक्रबार विहान तीनवटा ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा ना ४ ख ५५५६ नम्बरको ट्रकका चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-४ का ४० वर्षीय कविराम माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते हुन पुगेका छन् जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ना २ ख ८७३०, ना ४ ख ५५५६ र विपरीत दिशाबाट आएको ना ४ ख १८३५ नम्बरको ट्रक आपसमा ठोक्किए दुर्घटना भएको हो ।

घटनामा परी घाइते भएका ६ मध्ये त्रियुगा नगरपालिका वडा–४ का साईला दनुवार, संजना दनुवार, रन्जु माझी र निर बहादुर माझीको अबस्था गम्भीर रहेको छ ।

उनीहरुको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हेमशंकर सिंह

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीमा रु सात लाख क्षति
आगलागीमा रु सात लाख क्षति
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
घरटहरा नभत्काउँदा काममा अवरोध
घरटहरा नभत्काउँदा काममा अवरोध
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने