तीसजना किसानलाई बाख्रा वितरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
तीसजना किसानलाई बाख्रा वितरण

सारांश

  • सल्यान, २१ वैशाख , विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।
  • कपुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन समूहका किसानलाई विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो ।
  • ३० जना किसानलाई जमुनापारिको क्रस जातको बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

सल्यान, २१ वैशाख , विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

कपुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन समूहका किसानलाई विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाई जमुनापारिको क्रस जातको बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यसका लागि गाउँपालिकाले रु तीन लाख खर्च गरेको छ । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयो ।

बाख्रा हस्तान्तरण गर्नुहुँर्दै सेनले भन्नुभयो, “अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” जागृती मिश्रित बाख्रापालन समूहका अध्यक्ष तारासिंह खड्काले आफ्नो समूहका विपन्न किसानलाई गाउँपालिकाले बाख्रा उपहार दिएकोमा खुशी व्यक्त गर्दै नमूना कृषक समूह बनाउने उद्देश्यमा आफूहरु लागेको बताउनुभयो ।

वडा नम्बर ३ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जनाउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?