सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !

सारांश

  • काठमाडौं, २३ वैशाख ।
  • डिएसपी दानबहादुर मल्लले दरबारमार्गमा अभियुक्तका सुनका गरगहना गायब प्रकरणमा तानीएका छन ।
  • २०७४ साल चैत २२ गते सार्वजनिक मुद्धामा पक्राउ परेका २ व्यक्तिको हिरासतबाटै सुनको सिक्री, मुन्द्रा, औंठी र टप गायब भएपछि डिएसपी मल्लमाथि प्रश्न उठेको हो ।

काठमाडौं, २३ वैशाख । डिएसपी दानबहादुर मल्लले दरबारमार्गमा अभियुक्तका सुनका गरगहना गायब प्रकरणमा तानीएका छन ।

२०७४ साल चैत २२ गते सार्वजनिक मुद्धामा पक्राउ परेका २ व्यक्तिको हिरासतबाटै सुनको सिक्री, मुन्द्रा, औंठी र टप गायब भएपछि डिएसपी मल्लमाथि प्रश्न उठेको हो । अभियुक्तहरू युवराज लामा र रोजन बस्नेतको सामान गायब भएको थियो । मल्लले यो घटनालाई थामथम पार्न ठूलै कसरत गरेका छन् । वैशाख ३ गते कानूनी प्रक्रिया पूरा गरेर लामा र बस्नेत रिहा भएका छन् ।

यो घटनाले ठूलो रुप लिएपछि डिएसपी मल्लले सोही प्रहरी वृत्तमा कार्यरत प्रहरी निरीक्षक बसन्त आचार्यको नेतृत्वमा छानविन समिति पनि बनाएका थिए । समितिले प्रतिवेदन बुझाइ सकेको छ । समितिमा सुबेदार मेजर प्रहरी नायव निरीक्षक एकराज खड्का, मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक प्रेम शर्मा, हवल्दार मेजर बीरबहादुर सुनुवार र प्रहरी जवान मोहन बुढाथोकी थिए ।

थुनुवाको सामान जिम्मा लिँदाको समयमा प्रहरी हवल्दार प्रकाश बिकको कमाण्डमा प्रहरी थियो । डिएसपी मल्लले घटनालाई रोक्न पीडितलाई बोलाएर पैसा दिएकाे दैनिक नेपालमा खवर छ । पीडितले पनि डिएसपी मल्लले गायव भएको सामानको केही पैसा दिएको स्वीकारेका छन् ।
यो घटनालाई लुकाउन डिएसपी मल्लले आफू निकटका नेता र सञ्चारकर्मीहरूलाई प्रयोग गरेको स्रोतको भनाइ छ ।

यति मात्रै होइन डिएसपी मल्लले दरबारमार्गको बद्नाम डान्स रेस्टुरेन्ट आई क्लबका सञ्चालक स्टालिन शेरचनलाई कमाण्ड लिएकै दिन भेटेका थिए । आई क्लबका मेनेजर सोम निरौलाले डिएसपी मल्ललाई आई क्लबबाट मासिक रुपमा पैसा बुझाउने गरेका प्रहरी स्रोतले जनाएको छ ।

वैशाख २ गते रोयल गोर्खा नामको डान्सबारका मालिक एवम् क्याप्टेन प्रशान्त ठकुरीले ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । प्रहरीले ठकुरीलाई पक्राउ गरेको थियो । तर, भोलिपल्टै डिएसपी मल्लको निर्देशनमा ठकुरीलाई छाडिएको प्रहरी स्रोतको भनाइ छ ।

रोयल गोर्खा, फेवा, ठमेल किचेन लगायतका डान्सबारबाट डिएसपी मल्लले मासिक रुपमा पैसा उठाउँदै आएको आरोप छ । पैसा उठाएर फेवाका सञ्चालक बली बलले डिएसपी मल्लसम्म पुर्याउने जिम्मेवारी लिएको स्रोतले दाबी गरेका छ ।

डिएसपी मल्लले होटेल याक एण्ड यतिको परिसरमा रहेको रोयल क्यासिनोमा पनि नेपालीहरूलाई सहजै प्रवेश गराउँदै आएका छन् ।

क्यासिनो सञ्चालक सुरेन्द्र सिंहले दरबारमार्गका डिएसपी मल्लसँग सेटिङ मिलाएर नेपालीहरू प्रवेश गराउने गरेका हुन् । क्यासिनोमा दुईजना नेपालीहरूले एउटा टेबुल ठेक्कामा लिएर जुवा खेलाउँदै आएको स्रोतले जनाएको छ ।

दरबारमार्गमा एआईजीको छोरा कुटिनु, आफ्नै एरियामा छुरी हानाहान भएको थाहा नपाउनु, रातिको समयमा हतियार बोकेका युवा घुम्नु, फरार अपराधी पक्राउ गरेर छाड्ने जस्ता कार्यले गर्दा डिएसपी मल्ल विवादित हुँदै आएका छन् । दरबारमार्ग प्रहरी वृत्त प्रहरीका लागि आकर्षक स्थान मानिन्छ ।

केही दिन अगाडि दरबारमार्गको क्लव भिक्ट्रीमा ताप्लेजुङका सिडिओका छोराले बबण्डर मच्चाएका थिए । त्यति मात्रै होइन उनीहरूबीच हात्तीसारमा छुराहानाहान भएको थियो । डिएसपी मल्लले सिडिओका छोरालाई उन्मुक्ति दिएको आरोप पीडितको गुनासो छ । दोषी दुबै समूह थिए । तर, डिएसपी मल्लले सिडिओको छोरालाई छाडेर अर्को समूहलाई मात्रै पक्राउ गरेर कारबाही चलाएका छन् ।

प्रहरीले दरबारमार्ग र आसपासको क्षेत्रमा ठगीधन्दा, गुण्डागर्दी र चोरी डकैतीका घटनामा दिन प्रतिदिन बढेको गुनासो व्यवसायीहरूले लगाएका छन् ।

डिएसपी मल्ल माओवादी अध्यक्ष प्रचण्डको दवावमा दरबारमार्ग प्रहरीको कमाण्ड सम्हाल्न पुगेको आरोप प्रहरी संगठनभित्र चर्चा हुने गरेको छ । स्रोतका अनुसार डिएसपी मल्लले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले आफूलाई एसपीमा बढुवा गरेर कास्की प्रहरीको जिम्मेवारी दिएर पठाउने तयारी गरिरहेको बताउने गरेका छन् ।

मल्ल माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’का पूर्व अंगरक्षक हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?