चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !
सारांश
- काठमाडौं, ६ जेठ ।
- काठमाडौंसँग चिनियाँ नाका रसुवागढी जोड्ने छोटो दुरीको सडकमार्ग सञ्चालनमा आएको छ ।
- नेपाली सेनाले निर्माण सम्पन्न गरेको १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडकको आइतबार रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभयो ।
काठमाडौं, ६ जेठ । काठमाडौंसँग चिनियाँ नाका रसुवागढी जोड्ने छोटो दुरीको सडकमार्ग सञ्चालनमा आएको छ ।
नेपाली सेनाले निर्माण सम्पन्न गरेको १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडकको आइतबार रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभयो । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने दुई लेनको उक्त सडक २०७२ को बैशाखबाट सेनाले निर्माण सूरु गरेको थियो । सडक सञ्चालनमा आएसँगै काठमाडौंबाट रसुवागढीको दुरी झण्डै २५ किलोमिटर छोटो भएको छ ।
राजमार्ग उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले भूपरिवेष्ठित अवस्थामा रहेको मुलुक सद्यौ देखि भारत वेष्ठित हुनुपरेको बाध्यता सुनाउँदैं चीनसँगको सड्क सञ्जालले त्यस्तो अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 
‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामी चीनसँग निरन्तर व्यापार गर्ने सक्ने अवस्थामा पुगेका छौं,’ मन्त्री पोखरेलले भन्नुभयो–‘अव यो सडक सुचारु भएपछि हामी दुवै मुलुकसँग समदुरी कायम गर्न सक्ने छौं ।’
सेनाले समयसीमाभित्रै सडक निर्माण गरेर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उहाँले प्रसंम्सा व्यक्त गर्नुभयो । सडकको उद्घाटनपछि रक्षा मन्त्री पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँग गाडी चढेर स्याफ्रुबेसी पुग्नुभएको थियो ।
प्रतिक्रिया